हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्कासन गर्ने, विद्युत् नियमन आयोगसँग माग्यो स्वीकृति

  २०८१ कार्तिक २९ गते १४:४५     विकासन्युज

काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कात्तिक २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले ५० प्रतिशत हकप्रद प्रस्ताव गरेको नेप्से मार्फत जनाएको छ ।

हाल कायम चुक्तापुँजी १ अर्ब ६ करोडको ५० प्रतिशतले आउने ५३ लाख २७ हाजर ८५ कित्ता सेयर हकप्रद मार्फत बिक्री गर्ने कम्पनीले जनाएको छ । हकप्रद बिक्री तथा वितरण पश्चात हिमालयन पावरको चुक्तापुँजी १ अर्ब ५९ लाख पुग्नेछ ।

कम्पनीकाअनुसार सञ्चालक समितिले स्वीकृत गरेको हकप्रद प्रस्ताव नियमन विद्युत नियमन आयोग र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति हुन बाँकी रहेको छ । आयोग र बोर्डले स्वीकृति दिए पश्चात तोकिएको मितिसम्म कायम सेयरधनीले हकप्रदको लागि आबेदन दिन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.