२०८१ मंसिर १२ गते ११:३२ विकासन्युज
काठमाडौं । नेपाली बजारमा पछिल्लो केही दिनयता निरन्तर घटेको सुनको मूल्य बुधबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९ सयले सुनको मूल्य बढेको हो ।
मंगलबारको तुलनामा बुधबार प्रतितोला ९ सयले बढेर सुनको मूल्य १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको तथ्यांकमा उल्लेख छ । मंगलबार प्रतितोला २ हजार ६ सय र सोमबार प्रतितोला १५ हजार ९ सय रुपैयाँले सुनको मूल्य घटेको थियो ।
यस्तै, बुधबार सुनसँगै चाँदीको पनि मूल्य बढेको छ । मंगलबार प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा १० रुपैयाँले बढेर १ लाख ८ सय ३० रुपैयाँ कायम भएको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.