रास्वपाका सभापति लामिछानेलाई काठमाडौं ल्याइयो, शुक्रबार मात्रै बयान

  २०८१ मंसिर १३ गते १९:२९     विकासन्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बिहीबार काठमाडौं ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले आज साँझ ५ः१४ बजे बुद्ध एयरको विमानबाट लामिछानेलाई काठमाडौं ल्याइएको हो ।

सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई कास्की हिरासतमा राखेर अनुसन्धान भइरहेको थियो ।

सभापति लामिछानेलाई स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको अभियोगमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी भएपछि साँझ बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट उनलाई सोझै जिल्ला प्रहरी कार्यालय परिसर भद्रकाली लगिएको छ । भोलि (शुक्रबार)बाट जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान हुने प्रहरीले जनाएको छ ।।

सुरक्षालाई मध्यनजर राख्दै जिल्ला प्रहरी परिसर क्षेत्र वरपर बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.