जाडो मौसममा लगाउनुहोस् यी जुत्ता, तातोसँगै देखिनेछ स्टाइलिस

  २०८१ मंसिर १४ गते १५:४८     विकासन्युज

केटा होस् या केटी हरेकले आफूलाई सुन्दर देखाउन चाहन्छ  । लगाउने लुगादेखि कपाल, अनुहार हातखुट्टा पनि त्यहीअनुसार चिटिक्क मिलाइएको हुन्छ । केही मान्छे त अझ खानेकुरा जस्तो खाए पनि लुक्समा चिटिक्क पर्ने हुन्छन् । अझ महिलाको गहना नै सौन्दर्य भनिन्छ ।

तर, चिसो बेलामा कसरी तातोसँगै स्टाइलिस्ट लुगाहरू लगाउने भन्ने पीर धेरैलाई हुन्छ । यस्तो अवस्थामा फेसन र स्टाइलिस देखिनका लागि विशेषगरी युवतीले फेसन र कम्फर्टका अनुसार आफ्नो जुत्ता छनोट गर्नुपर्छ । जसले गर्दा चिसोबाट जोगाउन सकियोस् र स्टाइलिस पनि देखिन सकोस् ।

आउनुहोस् आज हामी महिलाले चिसोमा कस्ता जुता  लगाउन सक्छन् ? यो विषयमा संक्षिप्त जानकारी दिनेछाैं । 

एन्कल बुट्स

जुत्ता जाडोको लागि राम्रो विकल्प हो । यसले खुट्टालाई चिसोबाट बचाउने मात्र होइन, बरु स्टाइलिस पनि देखाउँछ । यस्तो अवस्थामा एन्कल  बुट्स लगाउन सकिन्छ । यी साना र ट्रेन्डी सुज हुन् जुन धेरै क्याजुअल र स्मार्ट क्याजुअल पोशाकहरूसँग राम्रोसँग मिल्दछन् ।

ओवर–द–नी बुट्स 

यदि तपाईं चिसोबाट सुरक्षाका साथै स्टाइल चाहनुहुन्छ भने यी जुत्ताहरू उत्कृष्ट विकल्प हुन् । यो लुगा वा स्कर्टसँग राम्रो देखिन्छ ।

लङ्ग बुट्स 

यसले तपाईंको खुट्टालाई पूर्ण रूपमा छोप्छ र चिसो हावाबाट बचाउँछ । तपाईं यसलाई जीन्स वा लेगिङसँग लगाउन सक्नुहुन्छ ।

फर-लाइन सुज (भुवावाला जुत्ता)

यदि तपाईं जाडोमा हल्का र आरामदायक जुत्ता खोज्दै हुनुहुन्छ भने फर-लाइन स्यान्डल राम्रो विकल्प हुन सक्छ । यसले जाडोमा खुट्टा तातो राख्नुका साथै स्टाइलिस पनि देखाउँछ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.