सूर्यज्योति लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

  २०८१ मंसिर १४ गते ११:२४     विकासन्युज

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको मंसिर १४ गते बसेको बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई नगदसहित २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७.४६ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब २३ लाख ८९ हजार ५५९.४९ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

यो प्रस्ताव बीमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको अगाामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.