२०८१ मंसिर १४ गते १२:१७ विकासन्युज
काठमाडौं । सीर्डडीबी होल्डिङ्सको हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएको छ ।
कम्पनी सञ्चालक समितिले हकप्रद सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो । यस सम्बन्धमा सीईडीबी होल्डिङ्स र मुक्तिनाथ क्यापिटलबीच सम्झैता पनि भएको छ ।
कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ३ करोड ४२ लाख ३७ हजार ६१ रुपैयाँको १ः०५४५ अनुमातमा अर्थात १ सेयरबराबर नयाँ ०.५४५ कित्ता सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्न लागेको छ । हकप्रद निष्कासनसम्बन्धी प्रस्ताव गत असोज २१ गते आयोजित वार्षिक साधारणसभाले अनुमोदन गरिसकेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.