भिजन कार्टमा कुमारी बैंकका ग्राहकलाई ४० प्रतिशत छुट

  २०८१ मंसिर १४ गते १४:२४     विकासन्युज

काठमाडौं । कुमारी बैंक र भिजन कार्टबीच बैंकका ग्राहकलाई क्लिनिकबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौताअनुसार भिजन कार्टबाट कुमारी बैंक लिमिटेडका ग्राहकलाई इएम् शुल्क र परीक्षणमा ४० प्रतिशत छुट (अधिकतम ४ हजार सम्म), निःशुल्क कन्ट्याक्ट लेन्स परामर्श र कन्ट्याक्ट लेन्समा ५ प्रतिशतसम्म छुट दिइनेछ ।

साथै, पार्टनर रिफेरल केन्द्रमा कुनै प्रकारको आँखासम्बन्धी शल्यक्रिया गर्दा ५ प्रतिशत छुट, सनग्लासमा १० प्रतिशत छुट र जेष्ठ नागरिकका लागि निःशुल्क डाक्टर परामर्श दिइने जनाइएकाे छ ।

विगत २३ वर्षदेखि बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ ईकाईहरूमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.