लुम्बिनी लायन्सको मुख्य प्रायोजक बन्यो एनसेल

  २०८१ मंसिर १६ गते १२:११     विकासन्युज

काठमाडौं । नेपाल प्रिमियम लिग (एनपीएल)को टिम लुम्बिनी लायन्सको मुख्य प्रायोजक एनसेल बनेको छ ।

आइतबार लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसी र एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीई‌‌ओ) जब्बोर कायुमोभले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

अध्यक्ष जीसीले यो सम्झौता क्रिकेटको विकासका लागि भएको बताए । उनले भने, ‘यो सम्झौता क्रिकेटको विकासको लागि हो । यो एउटा लुम्बिनी रोयल्स मात्रै नभएर, समग्र देशको लागि हो ।’

अध्यक्ष जीसीले एनसेलसँगको सहकार्यले थप हौसला दिने पनि बताए । उनले भने, ‘जति सबल टिम छ, त्यति नै अब्बल स्पोन्सर रहेको छ । एनसेलसँगको सहकार्यले थप हौसला मिल्नेछ ।’

एनसेलका सीईओ कायमुले लुम्बिनी लायन्सको मुख्य प्रायोजक बन्दा खुसी लागेको विचार व्यक्त गर्दै एनपीएलले नेपाली क्रिकेटमा थप विकास गर्ने बताए ।

मंसिर १५ गतेदेखि सुरु भएको एनपीएल पुष ६ गतेसम्म चल्नेछ । एनपीएलमा आठ टिम समावेश छन् ।

यस क्रिकेट महोत्सवलाई सामाजिक कार्यसँग जोड्दै एनसेल फाउन्डेसनले हालैमात्र एनपीएलमा हानिने प्रत्येक चौका बराबर ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीहरुलाई चार वटा एजुकेशनल किट प्रदान गर्ने घोषणा गरेको थियो ।

एनसेलले लामो समयदेखि नेपाली समुदायको विकास र सशक्तिकरणमा महत्त्वपूर्ण योगदान दिँदै आएको छ । लुम्बिनी लायन्स क्लबको मुख्य प्रायोजकको रूपमा यो सहकार्यले नेपाली खेलकुदको क्षेत्रमा सकारात्मक प्रभाव पार्ने, नेपाली क्रिकेटको विकास गर्ने र युवा प्रतिभाको प्रोत्साहनमा ठोस योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

यो एनपीएलमा लुम्बिनी लायन्सको पहिलो खेल बुधबार हुँदैछ । हिजोदेखि सुरु भएको यस एनपीएल पौष ६ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुँदैछ ।‍

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.