२०८१ मंसिर १६ गते १४:०१ विकासन्युज
काठमाडौं । मोरु डिजिटल वालेटले आफ्नो सेयर सर्वसाधारणका लागि खुला गर्ने तयारी थालेको छ ।
कम्पनीले पब्लिक लिमिटेड कम्पनीका रूपमा परिवर्तन हुँदै नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डको आवश्यक प्रक्रिया पूरा गरेर आईपीओ (प्रारम्भिक सार्वजनिक प्रस्ताव) ल्याउने योजना बनाएको छ ।
कम्पनीलाई पब्लिक लिमिटेडमा रूपान्तरण गर्ने प्रक्रिया अगाडि बढिसकेको मोरुका सञ्चालक ऋषिराम अधिकारीले जानकारी दिए । नियामक निकायहरूको स्वीकृति प्राप्त गरेपछि आईपीओ ल्याउने उद्देश्य रहेको उनले बताए ।
मोरुले सार्वजनिक गरेको पेमेन्ट लेजर र च्याटजस्ता सुविधाले ग्राहकको कारोबारमा सुधार ल्याएको अधिकारीको दाबी छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.