घट्यो सेयर बजार, ५ कम्पनीमा सकारात्मक सर्किट

  २०८१ मंसिर १६ गते १५:४८     विकासन्युज

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ९.९९ अंकले घटेर २७३८.०७ बिन्दुमा पुगेको  हो ।

आज घटेको बजारमा ६३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै, ३ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।

१ करोड ६७ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ८३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये एक्सेल डेभलपमेन्ट बैंकको सबैभन्दा बढी कारोबार गरेको छ । एक्सेल डेभलपमेन्टको ३४ करोड ३१ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

साथै, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २८ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ भने नेपाल फाइनान्सको २८ करोड ६ लाख रुपैयाँ बढीको कारोबार गरेको छ ।

साथै, कारोबारमा विकास बैंक, होटल र व्यापार समूहको उपसूचक बढेको छ भने भने बाँकी समूहको उपसूचक घटेको छ । विकास बैंकको उपसमूह ४.५२, होटल तथा पर्यटनको उपसमूह ०.३० र व्यापारको उपसमूह ९.० प्रतिशतले बढेको छ ।

यस्तै, आज ५ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी, करपोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकमा सकारात्मक सर्किट लागेको हो ।

कारोबारमा जानकी फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.