२०८१ मंसिर १६ गते १६:१२ विकासन्युज
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेका छन् ।
अध्यक्ष श्रेष्ठले बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठलाई नियमन विभागमा यथावत राखेका छन् । बाँकी तीन जनाको जिम्मेवारी हेरफेर भएको छ ।
बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई नीति अनुसन्धान तथा तालिम विभागको जिम्मेवारी दिइएको छ । यसअघि उनी व्यवस्थापन तथा कानुन विभागमा थिए ।
यस्तै, अर्का कार्यकारी निर्देशक विनयदेव आचार्यलाई व्यवस्थापन तथा कानुन विभागको जिम्मेवारी दिइएको छ । उनी यसअघि सुपरीपेक्षण विभागमा थिए ।
त्यस्तै, कृष्णराज पोखरेललाई सुपरीवेक्षण विभागको जिम्मेवारी दिइएको छ । यसअघि उनी नीति अनुसन्धान तथा तालिम विभागमा थिए ।
अध्यक्ष श्रेष्ठले शुक्रबार कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेका हुन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.