२०८१ मंसिर १९ गते १७:२५ विकासन्युज
काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। सीईडीबी होल्डिंग्स्, अपि पावर कम्पनी, कामना सेवा विकास बैंक र एभरेष्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो ।
उक्त ४ कम्पनीको १ करोड ८० लाखभन्दा धेरै कित्ता सेयर सूचीकृत भएको हो । जसमध्ये सीईडीबी होल्डिंग्सको ११ प्रतिशतले हुन आउने १० लाख २४ हजार ९ सय १९ दशमलव ६१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
यसैगरी, अपि पावर कम्पनीको ५ प्रतिशतले हुन आउने २९ लाख ९३ हजार २ सय ९८ दशमलव ९५६ कित्ता बोनस सेयर, कामना सेवा विकास बैंकको ७ प्रतिशतले हुन आउने २२ लाख ९६ हजार ८ सय १५ दशमलव २७ कित्ता बोनस सेयर र एभरेष्ट बैंकको १० प्रतिशतले हुन आउने १ करोड १७ लाख ६७ हजार ९ सय ३ दशमलव ८८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । ।
सेयर सूचीकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिद बिक्री गर्न सक्ने छन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.