घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  २०८१ मंसिर २३ गते १३:०१     विकासन्युज

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन र चाँदी दुबैको मूल्य घटेको हो ।

महासंघकाअनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेको हो । घटेसँगै आइतबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँमा कारोबार हुनेछ ।

शुक्रबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्दा चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेको थियो ।