२०८१ मंसिर २३ गते १४:३२ विकासन्युज
काठमाडौं । काठमाडौं महानगरले झिलिमिली लहरे बत्ती व्यवस्थापनसम्बन्धी मापदण्ड २०८१ पास गरेको छ ।
आइतबार बसेको ३७ औं नगर कार्यपालिका बैठकले मापदण्ड बनाएको हो ।
यो मापदण्ड पास भएसँगै अब महानगरभित्रका रुखमा झिलिमिली बत्ती राख्न नपाइने भएको छ ।
अब रुखमा झिलिमिली बत्ती राखेको पाइएमा कानुनअनुसार जरिवाना हुने महानगरले जनाएको छ । तर जात्रा पर्वका लागि भने छुट दिइने जनाइएको छ ।
पछिल्लो समय सार्वजनिक स्थान, होटल तथा रेष्टुरेन्ट परिसरका रुखमा झिलिमिली बत्ती राख्ने काम बढ्दै गएको थियो ।
बत्ती राख्नु परेको अवस्थामा महानगरको वातावरण विभागबाट स्वीकृति लिनुपर्ने महानगरले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.