श्रीनगरमा सञ्चालनमा आयो सुविधासम्पन्न ‘रामाडा एन्कोर बाई विन्धम श्रीनगर राजबाग होटल’

  २०८१ मंसिर २४ गते १६:५१     विकासन्युज

 

भारत । काश्मिरको राजबागमा ‘रामाडा एन्कोर बाई विन्धम श्रीनगर राजबाग होटल’को उद्घाटन भएको छ ।

होटल तथा विकास कम्पनी अल हबीब एम्पोरियोले सोमबार उक्त होटलको उद्घाटन भएको जानकारी दिएको हो ।

होटल विश्वकै सबैभन्दा ठूलो होटल फ्रेन्चाइज कम्पनी ‘विन्धम होटल्स एण्ड रिसोर्ट्स’ सँगको साझेदारीमा सञ्चालन गरिएको हो, जसले ९५ भन्दा बढी देशमा ९ हजार २०० भन्दा धेरै होटलहरू सञ्चालन गर्दै आइरहेको छ ।

यो होटल श्रीनगरको झेलम नदीको किनारमा अवस्थित छ । होटल प्रसिद्ध डल झीलबाट २.५ किमी र श्रीनगर विमानस्थलबाट १२.५ किमी टाढा छ ।

यस होटलमा ४८ आधुनिक कोठाहरू छन् । यसमा लबी लाउन्ज, अल-डे डाइनिङ सुविधा, स्विमिङ पुल, फिटनेस सेन्टर, इभेन्ट स्पेस र व्यापारिक केन्द्रजस्ता सुविधा उपलब्ध छन् ।

श्रीनगर प्राकृतिक वातावरण, विभिन्न बगैंचा, जलमार्ग र हाउसबोटहरूका लागि प्रसिद्ध छ ।

विन्धम होटल्स एण्ड रिसोर्ट्सका अध्यक्ष डिमिट्रिस म्यानिकिसले भारतमा आफ्नो उपस्थिति बलियो बनाउन होटल खोलेको बताए ।