कुमारी क्यापिटल र ध्रुव क्यापिटलबीच सम्झौता, वैदेशिक लगानी प्रवर्द्धन गर्न सहकार्य हुने

  २०८१ मंसिर २८ गते १०:५३     विकासन्युज

काठमाडौं । कुमारी क्यापिटल लिमिटेड र भारतको प्रतिष्ठित ध्रुव क्यापिटल सर्भिसेज लिमिटेडबीच बिहीबार एक सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

अब सहमतिमा हस्ताक्षरपश्चात क्यापिटलले प्रदान गर्ने संस्थागत परामर्श सेवाअन्तर्गत नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्न सहकार्य गर्नेछ।

कुमारी क्यापिटलले नेपालमा वित्तीय सेवा, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा प्रदान गर्दै आएको छ र भारतमा अवस्थित ध्रुव क्यापिटल सर्भिसेज लिमिटेड एक गैर–बैंकिङ वित्तीय कम्पनी हो । साथै यो आरबीआईद्वारा इजाजतपत्र प्राप्त कम्पनी पनि हो, जसले नेपालको सूचीकृत तथा गैर–सूचीकृत कम्पनीहरूमा लगानी गर्ने योजना बनाएको छ ।

साथै, कम्पनीले सूचीकृत बैंक तथा वित्तीय संस्थाहरूको संस्थापक सेयरहरू, अस्पताल, फार्मास्युटिकललगायत जलविद्युत परियोजनाहरूमा समेत लगानी गर्ने उद्देश्य राखेको छ ।

यी लगानीहरू नेपालको ऊर्जा, वित्तीय र सामाजिक क्षेत्रको दिगो विकासमा योगदान पुर्‍याउन केन्द्रित हुनेछन् ।

दुबै कम्पनीबीच भएको यो सम्झौताअन्तर्गत उक्त कम्पनीले नेपालमा गर्ने लगानीहरूलाई व्यवस्थित गर्न, सहजीकरण प्रदान गर्न, नेपालमा वैदेशिक लगानी र रणनीतिक योजना कार्यान्वयनमा कुमारी क्यापिटलले मध्यस्थकर्ताको रूपमा काम गर्नेछ ।

यस साझेदारीले नेपालमा वैदेशिक लगानीको प्रवाहलाई तीव्र बनाउन र दिगो आर्थिक विकासलाई टेवा पुर्‍याउने विश्वास लिइएको छ ।

सम्झौताअनुसार कुमारी क्यापिटलले नेपालमा लगानी अवसरहरूको पहिचान, कानूनी र वित्तीय परामर्श, परियोजनाको मूल्यांकन र ध्रुव क्यापिटल सर्भिसेज लिमिटेडको लगानी प्रक्रियाको व्यवस्थापनमा सहयोग पुर्‍याउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.