सम्पदा लघुवित्तको राहत वितरण कार्यक्रम सम्पन्न

  २०८१ मंसिर २८ गते ११:३४     विकासन्युज

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था शाखा कार्यालय रामटारले बाढीपिडितहरूलाई राहत वितरण कार्यक्रम सम्पन्न गरेको छ । राहत कार्यक्रम सिन्धुली जिल्लाको सुनकोशी गाँपालिका रामटार स्थित संस्थाको शाखा कार्यालय रामटारमा मंसिर २२ गते सञ्चालन भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी सुनकोशी गाँउपालिका वडा नं ५ का वडाध्यक्ष सुरथ कुमार बसेल, अतिथीहरुमा सोही गाँउपालिका वडा नं ५ का चन्द्र बहादुर श्रेष्ठ, वित्तीय संस्थाको असुली मुकाम नार्गाजुनको अधिकृत प्रेम बहादुर कार्की लगायत सुरक्षा निकाय प्रतिनिधी तथा अन्य समाजसेवि लगायत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

अविरल वषाले सिन्धुली जिल्लाको सुनकोशी गाँउपालिकाको वडा नं १,२,३,४ र ५ काभ्रे जिल्लाको रोशि गाँउपालिका को वडा नं ११ र १२ र रामेछाप जिल्लाको खाडादेवी गाँउपालिका वडा नं १ र २ का बाढि पहिरोबाट अति प्रभावित शाखा कार्यालय रामटारमा आवद्ध सदस्यहरुलाई राहत स्वरुप जनही १ बोरा चामल, २ किलो दाल, १ लिटर तेल र १ प्याकेट नुन का दरले वितरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथीले सम्पदा लघुवित्त संस्थाले कर्जा बचत मात्र नभई दुख परेका सदस्यहरूलाई यसरी राहत वितरण गरेकोमा संस्थालाई हार्दिक धन्यवाद व्यक्त गरेक थिए । संस्थाको पहुचँ हाल ४५ जिल्लामा १५५ वटा शाखा कार्यालय मार्फत १ लाख ७८ हजार भन्दा बढि सदस्यहरूमा सेवा प्रवाह रहेको शाखा प्रमुख सविना सेन्चुरीले जानकारी गराइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.