जीएसई ईभी नेपालमा सार्वजनिक, मूल्य ५४ लाख

  २०८१ मंसिर २८ गते १२:३५     विकासन्युज

 

काठमाडौं । नेपालमा जेएमईभी जीएसई इलेक्ट्रिक गाडी सार्वजनिक भएको छ । शौर्य अटोमोबाइल्स प्रालिले जेएमईभी जीएसई सार्वजनिक गरेको हो ।

शौर्यले प्रिमियम सेडानको रूपमा ख्याति कमाएको जेएमईभी जीएसई ईभी सार्वजनिक गरेको हो ।

जेएमईभी जीएसईको ब्याट्री क्षमता ४९ किलोवाट रहेको छ । यो गाडी एकपटक चार्ज गरेपछि ४२० किमीसम्म गुड्न सक्छ ।

यसको ग्राउन्ड क्लियरन्स १७० मिमी रहेको छ । गाडीमा रहेको प्यानोरामिक मूनरुफले यात्रालाई झन् अद्वितीय बनाउने विश्वास कम्पनीको छ ।

यसमा ३६०° एभीएम भिजुअल सिस्टम रहेको छ ।

जेएमईभी जीएसई अहिले ५३ लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएकाे छ ।

ग्राहकहरूले शौर्य अटोमोबाइल्सको दरबारमार्गस्थित रहेको शो-रुममा यस गाडीको अनुभव लिन र टेस्ट ड्राइभ बुक गर्न सक्नेछन् ।

सार्वजनिक समारोहमा बोल्दै शौर्य अटोमोबाइल्सका कार्यकारी निर्देशक निर्देशक अखिल गुप्ताले भने विश्वव्यापी ईभी नेपालमा ल्याउन पाउँदा खुसी लागेको बताए ।

जिआइसी जियाङतिङ ग्रुप इलेक्ट्रिक भेइकल कम्पनी लिमिटेड (आईएमईभी) द्वारा निर्मित जीएसई ईभी नवपर्यावहनको उच्चतम स्तरको प्रतिबिम्ब हो ।

सन् २०१५ मा स्थापना भएको जेएमईभी चीनको उद्योग र सूचना प्रविधि मन्त्रालयबाट ईभी उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने पहिलो कम्पनीहरूमध्ये एक हो । सन् २०१९ मा रिनल्ट समूहले आईएमईभीमा ५० प्रतिशत हिस्सेदारी प्राप्त गरेपछि यसको विश्वव्यापी प्रतिष्ठा झनै मजबुत भएको शौर्य अटोमोबाइल्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.