२०८१ मंसिर २८ गते १५:५५ विकासन्युज
काठमाडौं । स्मार्टफोन ब्रान्ड र नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक स्मार्टफोन साझेदार भिभोले ‘क्रिककार्निवल’ को सुरुवात गरेको छ ।
नेपालमा आफ्नो सफल सात वर्ष पूरा गरेको खुसीमा भीभोले आफ्नो ७ औं सेल्स कार्निवलको सुरु गरेको हो ।
यो कार्यक्रम ४ डिसेम्बरदेखि सुरु भइसकेको छ भने ३१ डिसेम्बरसम्म सञ्चालन हुने भीभो नेपालले जनाएको छ ।
क्रिककार्निवलमा भिभो स्मार्टफोन खरिद गर्दा आकर्षक पुरस्कार र विशेष सुविधा प्राप्त गर्न सकिने जनाइएको छ ।
क्रिककार्निवलअन्तर्गत भिभोले ग्राहकहरूलाई केटीएम आरसी २०० बम्पर पुरस्कार जित्ने मौका दिएको छ । अन्य पुरस्कारहरूमा भिभो स्मार्टफोन, टीडब्ल्यूएस इयरबड्स, ६ महिना सम्मको विस्तारित वारेन्टी र थप सरप्राइजहरू समावेश छन् ।
भिभोले नेपालमा आफ्नो ७ वर्ष पुरा भएको उपलक्ष्यमा आफ्नो पुरानो ग्राहकहरूको सम्मानमा ७ भाग्यशाली भिभो भी ७ प्रयोगकर्ताहरूका लागि विशेष एक्सचेन्ज अफर ल्याएको छ । यी ग्राहकहरूले आफ्नो भिभो भी ७, भिभो भी ४० सँग केवल ३१ हजारमा एक्सचेन्ज गर्न पाउनेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.