२०८१ मंसिर २९ गते १४:३३ विकासन्युज
काठमाडौं । सामाखुसी यातायात प्राइभेट लिमिटेडले १० करोड ३० लाख रुपैयाँ लागतमा २० वटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको छ।
२०५७ देखि यातायात सेवा प्रदान गर्दै आएको प्रालिले विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको हो ।
प्रालिका अध्यक्ष सानुकाजी प्रजापतिले काठमाडौंको उत्तरी क्षेत्रका बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै २० वटा माइक्रोबस सञ्चालनमा ल्याएको जानकारी दिए ।
‘काठमाडौं उपत्यकामा यात्रुको चाप छ, माइक्रोबस थपेसँगै यात्रुलाई केही सहज हुने विश्वास छ,’ उनले भने ।
सामाखुसी यातायातले हाल ८० वटा माइक्रोबस तथा ५० वटा ठूला बसमार्फत यात्रुवाहक सवारी सञ्चालन गरिरहेको छ ।
काठमाडौंको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा र म्हैपीबाट यात्रुवाहक सवारी सञ्चालन गर्दै आएको सामाखुसी यातायात प्रालिका आर्थिक व्यवस्थापक दीपेन्द्र केसीले बताए ।
प्रालिले हाल ३५० जना चालक तथा सहचालकलाई रोजगारी प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.