१०.५२ प्रतिशत लाभांश वितरण गर्ने ग्रिन भेन्चर्स कम्पनीको घोषणा

  २०८१ पुष ७ गते ११:५३     विकासन्युज

काठमाडौं । ग्रिन भेन्चर्स कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीहरूलाई १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

पुस ५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई १० प्रतिशन बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।