२०८१ पुष ९ गते २२:०९ विकासन्युज
काठमाडौं । बलिउडका चर्चित गायक सोनु निगमको बुधबार काठमाडौंमा कन्सर्ट हुने भएको छ । क्रिसमस डेको अवसरमा पुस १० गते बुधबार हायात रिजेन्सी होटलको मैदानमा ‘सोनु निगम लाइभ इन नेपाल’ हुन लागेको हो ।
नेपाली टच नेपालले आयोजना गर्न लागेको कन्सर्टका लागि टिकट बिक्री भइरहेको छ । आयोजकले ७० प्रतिशत टिकट बिक्री भइसकेको जानकारी दिएको छ । आयोजकले न्यूनतम ५ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म टिकट शुल्क तोकेको छ ।
कन्सर्टमा प्रवेश गर्नका लागि जर्नल लागि पाँच हजार, प्लाटिनम टिकटको ७ हजार, भीआईपीको लागि १८ हजार र भीभीआईपीको लागि एक लाख रुपैयाँ शुल्क तोकेको छ ।
कन्सर्टमा सोनुले भारतीयसहित उनले स्वर दिएका ’उकाली ओराली गर्दै’, ’फूलको डाली–डालीमा’ जस्ता नेपाली गाउने बताइएको छ । कन्सर्टमा १० हजार दर्शकको उपस्थिति रहने आयोजकले जानकारी दिएकाे छ ।
सोनु निगम कन्सर्टकै दिन काठमाडौं आउने तयारी छ। उनको बसाइँ कति दिनको हुने आयोजकले खुलाएको छैन । अहिले कन्सर्टका लागि स्टेज निर्माणको काम धमाधम चलिरहेको छ ।
टिकटबाटै आयोजकले ५ हरोड रुपैयाँ असुल गर्ने योजना बनाएको छ । सोनुलाई कति शुल्क तिरेर नेपाल ल्याइँदैछ भन्ने विषय भने खुलाएको छैन । यो कन्सर्टको मुख्य प्रायोजक दिपल गाडी रहेकाे छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.