२०८१ पुष १४ गते १३:४६ विकासन्युज
काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थलबाट ६ यात्रु बोकेर काठमाडौंका लागि उडेको हेली एभरेस्टको हेलिकप्टरमा चरा ठोक्किएको छ ।
हेली एभरेस्टको ९ एन-एकेजी कलसाइनको हेलिकोप्टरमा आइतबार चरो ठोक्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवक्ता रन्जी शेर्पाले बताए ।
उनले भने, ‘हेली एभरेस्टको ९ एन-एकेजी कलसाइनको हेलिकप्टरमा चरा ठोक्किएको छ । हेलिकप्टरमा त्यस्तो समस्या त केही थिएन । एक्कासि आकासमा उडिरहेको चरासँग हेलिकप्टर ठोकिन पुग्यो । कुनै ठूलो क्षति भएको देखिएको छैन ।’
प्रवक्ता शेर्पाका अनुसार हेलिकप्टर चरासँग ठोकिएपछि पाइलटले थप जोखिम नलिई सुरक्षित रूपमा काभ्रेपलाञ्चोकको साँगामा आकस्मिक अवतरण गराएका छन् ।
हेलिकप्टरमा चालकसहित ६ जना यात्रु सवार थिए। सबै यात्रु सुरक्षित रहेको जनाइएको छ ।
अहिले हेलिकोप्टरमा प्राविधिक परीक्षण जारी रहेको प्रवक्ता शेर्पाको भनाइ छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.