२०८१ पुष १५ गते ११:०७ विकासन्युज
काठमाडौं । सडक विभागका महानिर्देशक रामहरि पोखरेलले सोचेअनुसार सडक मर्मत गर्न नसकको स्वीकार गरेका छन् ।
सोमबार सडक बोर्डको २२औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले लक्ष्यअनुसार सडक मर्मत हुन नसकेको स्वीकार गरेका हुन् ।
उनले भने, ‘समयमै ठेक्का लाउन सकिएन । सडक मर्मत गर्न समस्या भयो । जति काम गर्नुपर्ने हो, त्यति हुन सकिरहेको छैन ।’
सडक मर्मत गर्नका लागि बजेट पर्याप्त नभएको महानिर्देशक पोखरेलको भनाइ छ ।
यस्तै, विनियोजित बजेट शतप्रतिशत खर्च हुन नसकेको उनी बताउँछन् ।
कार्यक्रममा देशभरका सडक निमार्ण र मर्मत गर्ने जिम्मा सडक विभागको मात्र नभएको उनको आक्रोश छ ।
सडक भत्किए पनि सबै सडक विभागले नै पुर्नु परेको उनको गुनासो छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.