२०८१ पुष २१ गते ८:१५ विकासन्युज
काठमाडौं । नयाँ वर्ष २०२५ को सुरुवाती दिनदेखि अमेरिकी डलरको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ । निरन्तर उकालो लाग्दै आएको डलरको भाउ आज थप नयाँ उचाइमा पुगेको हो । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३६.९४ रुपैयाँ र बिक्रीदर १३७.५४ रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि पुस १९ गते खरिदर १३६.९१ रुपैयाँ र बिक्रीदर १३७.५१ रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो ।
आज युरोपियन यूरोको एकको खरिदर १४१.०२ रुपैयाँ र बिक्रीदर १४१.६४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७०.०० रुपैयाँ र बिक्रीदर १७०.७४ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५०.६७ रुपैयाँ र बिक्रीदर १५१.३३ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८५.२१ रुपैयाँ र बिक्रीदर ८५.५८ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५.११ रुपैयाँ र बिक्रीदर ९५.५२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर ९९.९६ रुपैयाँ र बिक्रीदर १००.४० रुपैयाँ, जापानी येन १० को खरिददर ८.७१ रुपैयाँ र बिक्रीदर ८.७५ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.७१ रुपैयाँ र बिक्रीदर १८.७९ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.४६ रुपैयाँ र बिक्रीदर ३६.६२ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.५६ रुपैयाँ र बिक्रीदर ३७.७३ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९८ रुपैयाँ र बिक्रीदर ४.०० रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.२८ रुपैयाँ र बिक्रीदर ३७.४५ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.४३ रुपैयाँ र बिक्रीदर ३०.५६ रुपैयाँ तोकेको छ ।
यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.३२ रुपैयाँ र बिक्रीदर ९.३६ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३२ रुपैयाँ र बिक्रीदर १२.३७ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १८.९० रुपैयाँ र बिक्रीदर १८.९९ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.६० रुपैयाँ र बिक्रीदर १७.६८ रुपैयाँ तोकेको छ ।
यस्तै, कुवेती दिनार एकको खरिददर ४४३.८० रुपैयाँ र बिक्रीदर ४४५.७५ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६३.२५ रुपैयाँ र बिक्रीदर ३६४.८४ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५५.६८ रुपैयाँ र बिक्रीदर ३५७.२४ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.