२०८१ पुष २५ गते १३:५२ विकासन्युज
काठमाडाैं । आन्तरिक राजस्व विभागले पुस मसान्तभित्र करको विवरण र कर बुझाउन ताकेता गरेको छ । विभागले आर्थिक वर्ष २०८१/८२ को कारोबारको अनुमानित करको विवरण र प्रथम किस्ता बापतको कर दाखिला गर्न ताकेता गरेको हो ।
आयकर ऐन, २०५८ (संशोधनसहित)को दफा ९४ को उपदफा (१) बमोजिम आव २०८१/८२ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने करदाताहरूले दफा ९५ बमोजिम आव २०८१/ ८२ को कारोबारको अनुमानित करको विवरण र सो विवरण अनुसारको तिर्नुपर्ने आयकरको पहिलो किस्ताबापतको ४० प्रतिशतले हुने रकम २०८१ पौष मसान्तभित्रै तिर्नु पर्ने व्यवस्था रहेकाे पनि विभागले उल्लेख गरेको छ ।
सोहीअनुसार विभागले सूचना जारी गरेको हो ।
विभागले ठूला करदाता कार्यालय, मध्यम स्तरीय कर दाता कार्यालय, सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा सम्बन्धित करदाता सेवा कार्यालयमा कर र कर विवरण बुझाउन अनुरोधसहितको सूचना जारी गरेको हाे ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.