२०८१ पुष २६ गते १५:३७ विकासन्युज
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले २८ हजार ५ सय मेगावाट पारित भएको बताएका छन् ।
शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै उनले ऊर्जा मार्गचित्र सुरु भएको जानकारी दिए । मार्गचित्र तयार भैसकेको र यसमा सहभागी भएर सबैले सहयोग गर्नुपर्ने बताए ।
मार्गचित्र सुरु गरिदिएकोमा अध्यक्ष कार्कीले सरकारलाई धन्यवादसमेत दिए ।
उनले भने, ‘अहिलेको सरकारले केही गर्छ कि भन्ने लागेको छ । यसमा ऊर्जामन्त्रीको ठूलो सहयोग छ । अब २८ हजार ५ सय मेगावाटको यो मार्गचित्रलाई हामीले १० वर्षभित्र पूरा गर्नेगरी अगाडि बढ्नुपर्छ । यो अभियान हो । यो अभियानमा सबैले सहयोग गर्नु आवश्यक हुनेछ ।’
यो इतिहास ठूलो उपलब्धि भएको उनको दाबी छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.