सोल्टी होटल्स एण्ड रिसोर्ट्सको ब्रान्ड एम्बेसडरमा पन्त, सोल्टी हेरिटेज क्लबको मोबाइल एप सुरु

  २०८१ पुष २८ गते ११:५८     विकासन्युज

काठमाडौं । सोल्टी होटल्स एण्ड रिसोर्ट्सले सोल्टी हेरिटेज क्लबको लागि मोबाइल एप सुरु गरेको छ ।

सोल्टी हेरिटेज क्लब मोबाइल एपले सदस्यहरूलाई पोइन्ट ट्र्याक गर्न, बुकिङ व्यवस्थापन गर्न र व्यक्तिगत अफरहरूको पहुँच लिन सजिलो बनाउने छ ।

हाल यो एप्लिकेशन एन्ड्रोइड फोनमा उपलब्ध छ र चाँडै नै आईओएसमा पनि उपलब्ध हुने बताइएकाे छ ।

सोल्टी होटल्स एण्ड रिसोर्ट्सले आफ्नो नयाँ ब्रान्ड एम्बेसडरमा अभिनेत्री सुरक्षा पन्तलाई नियक्त गरेको छ ।

ब्रान्डसँगको पन्तको सम्बन्धले यसको बजार उपस्थितिलाई अझ बलियो बनाउने प्रेस विज्ञप्तिमा जनाइएकाे छ ।

यो होटल चेनको लागि एक रोमाञ्चक नयाँ अध्याय भएको विज्ञप्तिमा उल्लेख छ । यसले स्थानीय र विश्वव्यापी बजार दुवैमा प्रिमियम अनुभव ल्याउने विश्वास व्यक्त गरिएकाे छ ।

आतिथ्य उद्योगमा एक अग्रणी नामको रूपमा द सोल्टी होटल्स एण्ड रिसोर्ट्स विश्वस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध छ।