२०८१ माघ २ गते १८:५१ विकासन्युज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोर्खा मिडिया प्रालिकामा हुँदा पटक–पटक बैंकको चेक काटेके देखिएको छ । काठमाडौं जिल्ला अदालतले बुधबार धरौटीमा छुटाउन आदेश दिँदै पटकपटक बैंकको चेक काटेको बताएको हो ।
लामिछाने र जीबी राईको नाममा संयुक्त ऋण खाता खोली ४६ लाख ९८ हजार फोर ह्विलर लोन र ४६ लाख ४८ हजारको इको सेभेन स्टार भ्यान लोन गरेर कुल साढे ०३ लाख रूपैयाँ ऋण लिएको देखिएको अदालतको आदेशमा उल्लेख छ ।
लामिछानेको हस्ताक्षरबाट काटिएको चेकबाट ९० लाख १६ हजार ६६० स्वर्णलक्ष्मी सहकारीमा ऋण भुक्तान गरेको विषय पनि आदेशमा उल्लेख छ ।
’स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट आफूले कुनै रकम लिए खाएको नहुँदा निर्दोष छु भनी कसूरमा इन्कार रही बयान गरेको देखिएतापनि प्रतिवादी रवि लामिछाने गोर्खा मिडिया नेटवर्क प्रालिका बिक्रीमा रहेको १,८०,००० थान सेयरमा लगानी गर्न इच्छा भएको निवेदन माग बमोजिम यस प्रालिमा बिक्रीमा रहेको सेयर मध्ये १,८०,००० सेयर खरिद गर्न अनुमति पाउँ भनी निवेदन दिई सेयर लिएको देखिँदा निजले उक्त प्रालिको सेयर खरिद गरिलिएको देखिई निज प्रतिवादी गोर्खा नेटवर्क मिडिया प्रालिको सेयर होल्डर एंव प्रबन्धक निर्देशक समेत रहेको देखियो,’ आदेशमा भनिएको छ ।
लामिछानेले उक्त सेयर ’स्वेट सेयर’मार्फत भनी बयान दिएका थिए तर उनले सेयर खरिद गरेको प्रमाण उल्लेख रहेको अदालतले आदेशमा लेखेको छ ।
आदेशको पूर्णपाठ
Copyright © 2025 Bikash Media Pvt. Ltd.