२०८१ माघ २१ गते १७:४६ विकासन्युज
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजगढ विमानस्थललाई सरकारले उच्च प्राथमिकता दिएर बनाउनुपर्ने बताएका छन् ।
सोमबार सरोकार दर्पणको लोकर्पण विमोचन समारोहलाई सम्बोधन गर्दै उनले निजगढ विमानस्थल ठूलो महत्वको विमानस्थल रहेको भन्दै निजगढ विमानस्थल बनाउनसके संसारलाई देखाउन मिल्ने खालको हुने बताए ।
उनले निजगढ विमानस्थल बनाउन विभिन्न बाधाहरु रहेको भन्दै मास्टरप्लानअनुसार विमानस्थल बनाउनुपर्नेमा जोड दिए। उनले निजगढ विमानस्थल नबनि फास्टट्र्याको पूर्णता नहुने उल्लेख गरे ।
महत्वकांक्षाको चाङ नेपालको नेतृत्व कर्ताहरुसँग रहेको भए पनि पूरा गर्न कठिनाइ रहेको बताए । उनले मध्यपहाडी राजमार्गमा १० वटा स्मार्ट सिटी बनाउने भनेर अघि बढाएको परिकल्पना अहिलेसम्म ५४ वटा पुगेको तर सम्पन्न गर्न कठिन रहेको बताए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.