२०८१ माघ २३ गते १५:२० विकासन्युज
काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.४५ अंकले घटेर २७११.४५ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार ११३ कम्पनीको सेयर मूल्य बढ्दा १२२ कम्पनीको सेयर मूल्य घटेको छ । ७ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।
बुधबार १ करोड ९१ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिन्स्योरेन्सको ३३ करोड रुपैयाँ बढीको कारोबार भएको हो ।
साथै, हिमालयन पावरको पार्टनरको २६ करोड, सीइनर्जी पावर डेभलपमेन्टको २२ करोड, ग्रीन डेभलपमेन्ट बैंकको २० करोड र हिमालयन ऊर्जा विकास कम्पनीको १९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।
आज ३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उपकार लघुवित्त र छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सेन्ट्रल फाइनान्स कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
यस्तै, सामुदायिक लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.