२०८१ माघ २४ गते ८:१० विकासन्युज
काठमाडौं । लिलाममा बिक्री गरिएको लिवर्टी ईनर्जी कम्पनीको कटअफ मूल्य प्रतिकित्ता १८७.१० रुपैयाँ निर्धारण भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटल क्यापिटलका अनुसार कम्पनीको सेयरको कटअफ मूल्य १८७.१० रुपैयाँ कायम भएको हो ।
कम्पनीले माघ २ गतेदेखि माघ ९ गतेसम्म अवितरित सेयर बिक्रीमा राखेको थियो । कम्पनीको सर्वसाधारण समूहअन्तर्गतको ८ लाख २६ हजार ५४७ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको थियो ।
गोप्य शिलबन्दीपत्रद्वारा खरिद गर्न आएका बोलपत्रलाई माघ १८ गते खोलि माघ २१ गते सञ्चालक समितिदावारा सेयरहरू बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।
कटअफ प्राइस प्रतिकित्ता १८७.१० रुपैयाँ निर्धारण भएसँगै अब सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदकहरूले माग बमोजिमको सेयर पाउने छन् । बाँडफाँडमा नपरेको सेयरवापतको रकम फिर्ता भुक्तानी शुक्रबारदेखि गरिने कम्पनीले जनाएको छ । साथै आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गरी रकम जम्मा नभएको खण्डमा प्रभु क्यापिटलमा सम्पर्क गनए कम्पनीले सूचीत गराएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.