२०८१ माघ २५ गते १२:१६ विकासन्युज
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।
बिहीबार प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा किनबेच हुनेछ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.