२०८१ माघ २५ गते १२:५० विकासन्युज
काठमाडौं । नेपाल बीमक संघमा सर्वसम्मत कार्यसमिति चयन भएको छ । शुक्रबार संघको कार्यसमिति चयन सर्वसम्मत भएको हो ।
संघमा कार्यसमितिका लागि सबैको एक्लो उम्मेदवार परेसँगै सर्वसम्मत चयन भएको हो ।
अध्यक्षका लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र बैदवार क्षेत्री र महासचिव पदमा एनएलजी इन्स्योरेन्सका सीईओ सुनिल बल्लभ पन्तको सर्वसम्मत चयन भएका हुन् ।
यसैगरी, उपाध्यक्षमा नेको इन्स्योरेन्सका सीईओ अशोककुमार खड्का, कोषाध्यक्षमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ युगेशभक्त बादे श्रेष्ठ चयन भएका हुन् ।
संघको कार्यसमितिमा नयाँ सदस्यमा हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सीईओ अन्जु श्रेष्ठ, द ओरिएन्टल इन्स्योरेन्सका सीईओ टोटन चक्रवर्ती र प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चयन भएका हुन् ।
संघको कार्यसमितिको कार्यकाल २ वर्षको हुने छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.