९.४५ प्रतिशत बढ्यो नेपाल लाइफको नाफा, जीवन बीमा कोषको आकार २.१७ खर्ब

  २०८१ माघ २७ गते ७:४३     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१÷८२ को दोस्रो त्रैमासमा खुद नाफा ९.४५ प्रतिशत बढेर ४६ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन १२.२६ प्रतिशत बढेर २२ अर्ब १२ करोड ९३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १९ अर्ब ७१ करोड २३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १५.९४ प्रतिशत बढेर २८ अर्ब ५४ करोड २९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २४ अर्ब ६१ करोड ८९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १४.३५ प्रतिशत बढेर ३३ अर्ब ३९ करोड ८५ लाख रुपैयाँ गरेको छ भने कुल खर्च १५.१० प्रतिशत बढेर ३१ अर्ब २ करोड ५९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २९ अर्ब २० करोड ८१ लाख रुपैयाँ कुल आम्दानी गरेर २६ अर्ब ९५ करोड ५८ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।

८ अर्ब २० करोड ७९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको महाविपत्ति कोष १ अर्ब ३० करोड ८३ लाख रुपैयाँ, सञ्चित नाफा २ अर्ब ३८ करोड ३४ लाख रुपैयाँ र अन्य इक्विटी ७८ करोड २६ लाख रुपैयाँ छ । कम्पनीको जीवन बीमा कोष २ खर्ब १७ अर्ब १४ करोड ५६ लाख रुपैयाँ पुगेको छ । गत वर्षको पुससम्म १ खर्ब ८२ अर्ब ६२ करोड २५ लाख रुपैयाँ जीवन बीमा कोषमा थियो ।

कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी ९९ पैसा बढेर ११.४१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७०.४२ र प्रतिसेयर नेटवर्थ १५४.५१ रुपैयाँ रहेको छ ।