टेस्लाले अमेरिकामा मोडेल एक्स कारहरूको मूल्य ५ हजार डलरले बढायो

  २०८१ माघ २७ गते १३:२२     विकासन्युज

काठमाडौं । टेस्लाले अमेरिकामा आफ्नो मोडल एक्स कारको मूल्य ५ हजार डलरले बढाएको छ । कम्पनीको वेबसाइट अनुसार अब मोडल एक्स अल–ह्वील ड्राइभको मूल्य ८४ हजार ९९० डलर हुनेछ, जुन यसको अघिल्लो मूल्य ७९ हजार ९९० डलरभन्दा बढी हो ।

यसैगरी, प्लेड भेरियन्टको मूल्य ९४ हजार ९९० डलरबाट बढेर ९९ हजार ९९० डलर पुगेको छ ।

गत डिसेम्बरमा टेस्लाले अमेरिकामा आफ्नो मोडल एस कारको मूल्य ५ हजार डलरले बढाएको थियो । साथै फेब्रुअरी १ देखि क्यानडामा यसका सबै मोडलहरूको मूल्य बढाएको थियो ।

टेस्लाले मूल्य वृद्धिको कुनै कारण उल्लेख गरेको छैन । कम्पनीले कार उत्पादन लागत घटाउने प्रयास गरिरहेको छ ।

जनवरीमा यसले बताएको थियो कि कच्चा पदार्थको मूल्य घटेकोले चौथो त्रैमासिकमा यसको कार निर्माणको सामग्री र श्रम लागत औसतमा सबैभन्दा कम भएको थियो ।