अमेरिकी डलर १.०४ रुपैयाँ र पाउण्ड २.०१ रुपैयाँ घट्यो, अधिकाशंं मुद्राको मूल्यमा गिरावट

  २०८१ माघ ३० गते ७:३६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३८.६३ रुपैयाँ र बिक्रीदर १३९.२३ रुपैयाँ तोकेको छ । हिजोको तुलनामा अ‍ेमरिकी डलरको भाउ प्रतिडलर १.०४ रुपैयाँ घटेको देखिन्छ ।

आज युरोपियन यूरोको एकको खरिदर १४३.०२ रुपैयाँ र बिक्रीदर १४३.६४ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७१.४० रुपैयाँ र बिक्रीदर १७२.१४ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५१.९१ रुपैयाँ र बिक्रीदर १५२.५७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.९७ रुपैयाँ र बिक्रीदर ८७.३५ रुपैयाँ तोकेको छ । हिजोको तुलनामा युरोपियन यूरो १.३१ रुपैयाँ, पाउण्ड २.०१ रुपैयाँ, स्वीस फ्रयाङ्क १.६३ रुपैयाँ र क्यानेडियन डलर ०.८७ रुपैयाँ घटेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.६६ रुपैयाँ र बिक्रीदर ९७.०८ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.२५ रुपैयाँ र बिक्रीदर १०२.६९ रुपैयाँ, जापानी येन १० को खरिददर ९.१० रुपैयाँ र बिक्रीदर ९.१४ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.९७ रुपैयाँ र बिक्रीदर १९.०५ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३६.९७ रुपैयाँ र बिक्रीदर ३७.१३ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३८.०२ रुपैयाँ र बिक्रीदर ३८.१९ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०७ रुपैयाँ र बिक्रीदर ४.०९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.७४ रुपैयाँ र बिक्रीदर ३७.९१ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.०१ रुपैयाँ र बिक्रीदर ३१.१५ रुपैयाँ तोकेको छ ।

यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.५४ रुपैयाँ र बिक्रीदर ९.५८ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.६९ रुपैयाँ र बिक्रीदर १२.७५ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.१८ रुपैयाँ र बिक्रीदर १९.२६ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.७९ रुपैयाँ र बिक्रीदर १७.८७ रुपैयाँ तोकेको छ ।

यस्तै, कुवेती दिनार एकको खरिददर ४४८.७७ रुपैयाँ र बिक्रीदर ४५०.७१ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६७.७४ रुपैयाँ र बिक्रीदर ३६९.३३ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३६०.०६ रुपैयाँ र बिक्रीदर ३६१.६२ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।