होटल क्षेत्रको नाफा साढे ११.२९ प्रतिशत बढ्यो, सिटि घाटामा कालिञ्चोक धनात्मक

  २०८१ फागुन ३ गते १४:१४     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा होटल तथा पर्यटन क्षेत्रको नाफा साढे ११.२९ प्रतिशत बढेको छ । पूँजी बजारमा सूचीकृत विभिन्न ६ वटा होटलहरूले चालु आवको पुस मसान्तसम्ममा ४८ करोड ३६ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । जबकी गत वर्षको पुसमा ४३ करोड ४५ लाख १६ हजार रुपैयाँ मात्रै खुद नाफा गरेका थिए ।

नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा सोल्टी होटल, तारागाउँ रिजेन्सी, ओरियण्टेल होटल्स, चन्द्रागिरी हिल्स, कालिन्चोक दर्शन र सिटी होटल सूचीकृत छन् । जसमध्ये सिटी होटल नोक्सानीमा छ भने ओरियण्टेल होटल्सको नाफा घटेको देखिन्छ ।

चन्द्रागिरी हिल्सको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा खुद नाफा ५.७८ प्रतिशत बढेर ६ करोड ६४ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

पुस मसान्तसम्ममा कम्पनीको सञ्चालन आम्दानी ७.६४ प्रतिशत घटेर ४२ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४५ करोड ७५ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

यस अवधिमा कम्पनीको अन्य आम्दानी ६८.११ प्रतिशत घटेर २४ लाख ४२ हजार रुपैयाँ र कुल आम्दानी ८.३० प्रतिशत घटेर ३६ करोड ७० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७६ लाख ५९ हजार रुपैयाँ अन्य आम्दानी र ४० करोड २ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ३१.७७ प्रतिशत घटेर ८ करोड ७३ लाख रुपैयाँ, कर्मचारी खर्च ७.३० प्रतिशत बढेर ८ करोड ८३ लाख रुपैयाँ, प्रशासन खर्च ८.५४ प्रतिशत घटेर ५ करोड २१ लाख रुपैयाँ र कुल खर्च ०.८१ प्रतिशत बढेर १४ करोड ४ लाख रुपैयाँ गरेको छ ।

१ अर्ब ५३ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ४१ लाख ९५ हजार रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४७ पैसा बढेर ८.६७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९९.७३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०१.८४ गुणा रहेको छ ।

कालिञ्चोक दर्शनले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४७ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको नाफा ८५ लाख ७० हजार रुपैयाँ ऋणात्मक थियो ।

पुस मसान्तसम्ममा कम्पनीको आम्दानी ३०४.२६ प्रतिशत बढेर ३ करोड ८ लाख रुपैयाँ, सञ्चालन आम्दानी ३१.२९ प्रतिशत घटेर २ करोड ९० लाख रुपैयाँ, अन्य आम्दानी १११.४१ प्रतिशत बढेर ४ करोड ९५ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४४ लाख ६५ हजार रुपैयाँ आम्दानी, ४० लाख २० हजार रुपैयाँ सञ्चालन आम्दानी र ३ लाख ७७ हजार रुपैयाँ अन्य आम्दानी गरेको थियो ।

यस अवधिमा कम्पनीको कर्मचारी खर्च ७३.७१ प्रतिशत बढेर ५६ लाख ६८ हजार रुपैयाँ, अन्य खर्च ८४.६१ प्रतिशत बढेर ५९ लाख ४८ हजार रुपैयाँ र वित्तीय खर्च २७९.३० प्रतिशत घटेर ५२ लाख २१ हजार रुपैयाँ गरेको छ । गत वर्षको पुसमा कम्पनीले २६ लाख ८१ हजार रुपैयाँ कर्मचारी खर्च, ३४ लाख २४ हजार रुपैयाँ अन्य खर्च र २८ लाख २८ हजार रुपैयाँ वित्तीय खर्च गरेको थियो ।

६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोष ८५ लाख ९७ हजार रुपैयाँ धनात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी १.५८ रुपैयाँ रहेको छ ।

सोल्टी होटलको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा १४.६८ प्रतिशत बढेर ३० करोड १७ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २६ करोड ३१ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

पुस मसान्तसम्ममा कम्पनीको कुल आम्दानी १६.०५ प्रतिशत बढेर १ अर्ब २१ करोड ९५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५ करोड ८ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।

यस अवधिमा कम्पनीको कर्मचारी खर्च १२.३८ प्रतिशत बढेर २८ करोड ८ लाख रुपैयाँ, प्रशासन खर्च १९ प्रतिशत बढेर १३ करोड ४५ लाख रुपैयाँ र कुल खर्च १५.८२ प्रतिशत बढेर ८४ करोड ८८ लाख रुपैयाँ गरेको छ । गत वर्षको पुसमा कम्पनीले कर्मचारी खर्च २४ करोड ९८ लाख रुपैयाँ, प्रशासन खर्च ११ करोड ३० लाख रुपैयाँ र कुल खर्च ७३ करोड २८ लाख रुपैयाँ गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी ५ प्रतिशत बढेर ९२ करोड ८९ लाख रुपैयाँ र सञ्चित नाफा ०.३६ प्रतिशत बढेर १ अर्ब ४९ करोड २ लाख रुपैयाँ पुगेको छ । नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी ०.२८ रुपैयाँ बढेर ३.२५ रुपैयाँ पुगेको छ ।

ओरियण्टल होटल्सको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा ४६ प्रतिशत घटेर २८ करोड ८३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५३ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

पुस मसान्तसम्ममा कम्पनीको सञ्चान आम्दानी १२.२० प्रतिशत घटेर ४९ करोड १७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५६ करोड १ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।

यस अवधिमा कम्पनीको कुल नाफा १३.१७ प्रतिशत घटेर ४९ करोड ९६ लाख रुपैयाँ र अन्य आम्दानी ४८.४५ प्रतिशत घटेर ७९ लाख ४१ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५७ करोड ५५ लाख रुपैयाँ कुल नाफा र १ करोड ५४ लाख रुपैयाँ अन्य आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको प्रशासन खर्च १३.४२ प्रतिशत बढेर ९ करोड ८६ लाख रुपैयाँ, वित्तीय खर्च ९.४३ प्रतिशत घटेर २ करोड ५७ लाख रुपैयाँ र कुल खर्च ८.७४ प्रतिशत घटेर ४३ करोड ७२ लाख रुपैयाँ गरेको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख रुपैयाँ र जगेडा कोष १.४६ प्रतिशत बढेर २ अर्ब ७७ करोड ६४ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी २.१८ रुपैयाँ घटेर २.५६ रुपैयाँमा सीमित भएको छ ।

सिटि होटल चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १० करोड ४९ लाख रुपैयाँ नोक्सानीमा छ । गत वर्षको सोही अवधिमा होटलले ११ करोड ७९ लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो ।

पुस मसान्तसम्ममा कम्पनीको सञ्चान आम्दानी २.९८ प्रतिशत घटेर २३ करोड ५७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ३० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

यस अवधिमा कम्पनीको अन्य आम्दानी ३९.६६ प्रतिशत घटेर २ करोड १४ लाख रुपैयाँ, बिक्री आम्दानी ९.५१ प्रतिशत घटेर ५ करोड ९० लाख रुपैयाँ र कुल आम्दानी ७.६५ प्रतिशत घटेर २५ करोड ७१ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ५४ लाख रुपैयाँ अन्य आम्दानी, ६ करोड ५२ लाख रुपैयाँ बिक्री आम्दानी र २७ करोड ८५ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको कर्मचारी खर्च ४.७१ प्रतिशत घटेर ४ करोड ७५ लाख रुपैयाँ, प्रशासन खर्च ५.१६ प्रतिशत बढेर ५ करोड ९३ लाख रुपैयाँ र कुल खर्च ६.५६ प्रतिशत घटेर १७ करोड ४६ लाख रुपैयाँ गरेको थियो ।

१ अर्ब ६७ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी कम्पनीको अन्य इक्विटी २६ करोड ७१ लाख रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिसेयर आम्दानी ६.२७ रुपैयाँ ऋणात्मक छ ।

तारागाँउ रिजेन्सी होटल्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १८ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १८ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २.८३ प्रतिशत बढेको हो ।

यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी ८.८१ प्रतिशत बढेर ६९ करोड ४८ लाख रुपैयाँ, अन्य आम्दानी ३.८२ प्रतिशत बढेर ७ करोड ८५ लाख रुपैयाँ र कुल आम्दानी ८.२८ प्रतिशत बढेर ७७ करोड ३४ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको पुसमा कम्पनीले ६३ करोड ८५ लाख रुपैयाँ सञ्चालन आम्दानी, ७ करोड ५६ लाख रुपैयाँ अन्य आम्दानी र ७१ करोड ४२ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ३.९९ प्रतिशत बढेर १ अर्ब ९६ करोड २१ लाख रुपैयाँ र जगेडा कोष २८.७० प्रतिशत बढेर १ अर्ब १० करोड ८ लाख रुपैयाँ गरेको छ ।

कम्पनीको प्रशासन खर्च ५.११ प्रतिशत बढेर १८ करोड ६७ लाख रुपैयाँ गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११ पैसा घटेर ९.५२ रुपैयाँमा सीमित भएको छ ।