बैंकको सीडी रेसियो न्यूनतम ६० प्रतिशतको हाराहारीमा, कुन बैंकको कति ?

  २०८१ फागुन ४ गते १०:१८     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकको सीडी रेसियो प्रत्येक महिना घटिरहेको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसत ७९.३५ प्रतिशत भएपनि केही बैंकको भने ६० प्रतिशतको हाराहारीमा झरेको छ ।

संघका अनुसार राष्ट्रिय वाणिज्य बैंकको सीडी रेसियो ६३ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६८ प्रतिशत, नेपाल बैंकको ७३ प्रतिशत, नेपाल एसबिआई बैंकको ७५.४९ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७७.५६ प्रतिशत, प्रभु बैंकको ७५.८४ प्रतिशत, ग्लोबल आइएमई बैंकको ७८.७७ प्रतिशत र कृषि विकास बैंकको ७५.४३ प्रतिशत सीडी रेसियो कायम भएको छ ।

यस्तै, सिटिजन्स बैंकको ८४.०१ प्रतिशत, एभरेष्ट बैंकको ८३.५१ प्रतिशत, हिमालयन बैंकको ८२.७० प्रतिशत, कुमारी बैंकको ८१.८० प्रतिशत, लक्ष्मी सनराइजको ८०.८० प्रतिशत, माछापुच्छ्रेको ८३.६० प्रतिशत, नबिलको ८२.४४ प्रतिशत, एनआईसी एसियाको ८३.०७ प्रतिशत, एनएमबि बैंकको ८३.६२ प्रतिशत, प्राइम कमर्सियलको ८५.७७ प्रतिशत, सानिमाको ८०.९२ प्रतिशत र सिद्धाथएको ८५.०२ प्रतिशत सीडी रेसियो रहेको छ ।
पछिल्लो समय बैंकहरुले कर्जा प्रवाह गर्न नसकेर लगानीयोग्य रकम थुप्रिँदा सीडी रेसियो पनि निरन्तर घटिरहेको हो ।