२०८१ फागुन ४ गते १५:३७ विकासन्युज
काठमाडौं । वाणिज्य बैंकहरूले ७ महिनामा साढे २ खर्ब रुपैयाँ निक्षेप बढाएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा वाणिज्य बैंकहरूको निक्षेप २ खर्ब ४२ अर्ब २८ करोड रुपैयाँ बढेर ५९ खर्ब ९७ अर्ब ५ करोड रुपैयाँ संकलन गरेका छन् । जबकि गत असारसम्म बैंकहरूको निक्षेप ५७ खर्ब ५४ अर्ब ७७ करोड रुपैयाँ थियो ।
७ महिनाको अवधिमा सबैभन्दा धेरै निक्षेप वृद्धि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गरेको छ । माघसम्ममा बैंकको निक्षेप संकलन ४० अर्ब ८७ करोड रुपैयाँ बढेर ४ खर्ब ४७ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ । गत असारसम्म बैंकको निक्षेप ४ खर्ब ६ अर्ब ८० करोड रुपैयाँ थियो ।
यस्तै, एनएमबि बैंकको ३३ अर्ब ९३ करोड रुपैयाँ बढेर २ खर्ब ६१ अर्ब ३ करोड रुपैयाँ, नबिल बैंकको ३० अर्ब ७८ करोड रुपैयाँ बढेर ४ खर्ब ९९ अर्ब ५४ करोड रुपैयाँ, एभरेष्ट बैंकको २७ अर्ब ७२ करोड रुपैयाँ बढेर २ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ, ग्लोबल आईएमई बैंकको २४ अर्ब ३१ करोड रुपैयाँ बढेर ५ खर्ब २९ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् ।
प्राइम बैंकको २३ अर्ब २८ करोड रुपैयाँ बढेर २ खर्ब ३८ अर्ब ८१ करोड रुपैयाँ, नेपाल बैंकको २१ अर्ब १४ करोड रुपैयाँ बढेर ३ खर्ब ४ अर्ब २९ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १५ अर्ब २३ करोड रुपैयाँ बढेर ४ खर्ब ४४ अर्ब ३७ करोड रुपैयाँ, सानिमा बैंकको १४ अर्ब २२ करोड रुपैयाँ बढेर २ खर्ब १३ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।
लक्ष्मी सनराइज बैंकको १३ अर्ब ६६ करोड रुपैयाँ बढेर ३ खर्ब ४७ अर्ब २२ करोड रुपैयाँ, कृषि विकास बैंकको १३ अर्ब २ करोड रुपैयाँ बढेर २ खर्ब ५६ अर्ब ७८ करोड रुपैयाँ, कुमारी बैंकको ११ अर्ब ११ करोड रुपैयाँ बढेर ३ खर्ब ६१ अर्ब ८७ करोड रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ९ अर्ब ६६ करोड रुपैयाँ बढेर १ खर्ब २४ अर्ब ४९ करोड रुपैयाँ निक्षेप पुगेको छ ।
सिटिजन्स बैंकको ९ अर्ब ३१ करोड रुपैयाँ बढेर २ खर्ब ७८ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको ७ अर्ब १ करोड रुपैयाँ बढेर १ खर्ब ६८ अर्ब ३५ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको ६ अर्ब ९२ करोड रुपैयाँ बढेर १ खर्ब ८२ अर्ब ३४ करोड रुपैयाँ र हिमालयन बैंकको ३ अर्ब रुपैयाँ बढेर ३ खर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन पुगेको छ ।
तर, यस अवधिमा एनआईसी एशिया बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकको निक्षेप संकलन भने घटेको देखिन्छ । ७ महिनामा एनआईसी एशिया बैंकको निक्षेप ५८ अर्ब २२ करोड रुपैयाँ घटेर ३ खर्ब २ अर्ब ३२ करोड रुपैयाँमा झरेको छ । जबकी गत असारमा बैंकको निक्षेप ३ खर्ब ६० अर्ब ५४ करोड रुपैयाँ थियो ।
यस्तै, प्रभु बैंकको ३ अर्ब ७ करोड रुपैयाँ घटेर ३ खर्ब ९ अर्ब १६ करोड रुपैयाँ र सिद्धार्थ बैंकको १ अर्ब ६० करोड रुपैयाँ घटेर २ खर्ब ४३ अर्ब ३० करोड रुपैयाँमा निक्षेप झरेको छ ।
कर्जा विस्तारमा आक्रामक ग्लोबल आइएमई
चालु आवका ७ महिनामा बैंकहरूले २ खर्ब ५६ अर्ब ९४ करोड रुपैयाँ कर्जा विस्तार गरेका छन् । माघ मसान्तसम्ममा बैंकहरूको कर्जा लगानी ४८ खर्ब २७ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ । गत असार सम्ममा बैंकहरूले ४५ खर्ब ७० अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए ।
यस अवधिमा ग्लोबल आइएमई बैंकले आक्रामक रूपमा कर्जा लगानी विस्तार गरेको छ । ग्लोबल आइएमईले ४० अर्ब ५७ करोड रुपैयाँ कर्जा बढाएर ४ खर्ब ३१ अर्ब ३४ करोड रुपैयाँ पुर्याएको छ । गत असारमा बैंकको कर्जा लगानी ३ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ थियो ।
एभरेष्ट बैंकको ३४ अर्ब ३२ करोड रुपैयाँ बढेर २ अर्ब २० अर्ब ८२ करोड रुपैयाँ, एनएमबि बैंकको २७ अर्ब ४६ करोड रुपैयाँ बढेर २ खर्ब ३२ अर्ब ७ करोड रुपैयाँ, नबिल बैंकको २३ अर्ब ४८ करोड रुपैयाँ बढेर ४ खर्ब ११ अर्ब ८३ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकको २२ अर्ब ९८ करोड रुपैयाँ बढेर २ खर्ब ८१ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २२ अर्ब ६४ करोड रुपैयाँ बढेर ३ खर्ब ५१ अर्ब ५० करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २१ अर्ब ७५ करोड रुपैयाँ बढेर २ खर्ब ८३ अर्ब ५३ करोड रुपैयाँ, प्राइम बैंकको १८ अर्ब ९९ करोड रुपैयाँ बढेर २ खर्ब १२ अर्ब ८२ करोड रुपैयाँ, नेपाल बैंकको १६ अर्ब २८ करोड रुपैयाँ बढेर २ खर्ब २४ अर्ब २२ करोड रुपैयाँ कर्जा विस्तार गरेका छन् ।
सिद्धार्थ बैंकको १३ अर्ब २ करोड रुपैयाँ बढेर २ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकको १२ अर्ब ५८ करोड रुपैयाँ बढेर १ खर्ब ४३ अर्ब ७२ करोड रुपैयाँ, सानिमा बैंकको ११ अर्ब ५६ करोड रुपैयाँ बढेर १ खर्ब ७७ अर्ब ३४ करोड रुपैयाँ, सिटिजन्स बैंकको ११ अर्ब ९ करोड रुपैयाँ बढेर १ खर्ब ६८ अर्ब ६८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।
कुमारी बैंकको ८ अर्ब १६ करोड रुपैयाँ बढेर ३ खर्ब १ अर्ब ५७ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकको ६ अर्ब ५१ करोड रुपैयाँ बढेर १ खर्ब ३९ अर्ब ४८ करोड रुपैयाँ, हिमालयन बैंकको ३ अर्ब ७१ करोड रुपैयाँ बढेर २ खर्ब ५० अर्ब ८२ करोड रुपैयाँ, कृषि विकास बैंकको ९ करोड रुपैयाँ बढेर २ खर्ब ७ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् ।
समीक्षा अवधिमा एनआईसी एशिया बैंकको कर्जा लगानी ह्वात्तै घटेको छ । एनआईसी एशिया बैंकको ३२ अर्ब ८८ करोड रुपैयाँ २ खर्ब ५२ अर्ब ४५ करोड रुपैयाँमा कर्जा लगानी झरेको छ । जबकी गत असारमा बैंकको कर्जा लगानी २ खर्ब ८५ अर्ब ३३ करोड रुपैयाँ थियो ।
यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३ अर्ब ७९ करोड रुपैयाँ घटेर ८५ अर्ब ८७ करोड रुपैयाँ र प्रभु बैंकको १ अर्ब ५८ करोड रुपैयाँ घटेर २ खर्ब ३४ अर्ब ३३ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.