२०८१ फागुन १५ गते ९:५५ विकासन्युज
काठमाडौं । न्यु इनर्जी भेहिकल कम्पनी बिवाईडीको हाइटेक वीक -२०२५ सुरु भएको छ ।
बिवाईडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ प्रविधि र सुपरकारसहित हाइटेक वीक बुधबारबाट सुरु गरेको हो । बिवाईडीको हाइटेक वीकमा नेपाली सडकमा नगुडेका ५ नयाँ मोडलका कारहरु प्रदर्शनीमा राखिएको छ । नयाँ बानेश्वरको एभरेष्ट होटलमा सुरु भएको यो हाइटेक वीकमा चाडै नेपालमा बिक्री सुरु हुने दुई मोडल समेत प्रदर्शनीमा राखिएको छ ।
कम्पनीका अनुसार बिवाईडीको अफरोड पीकअप ट्रक सार्क, बाओ ५, याङवाङ यु ८, जेड ९ जिटी, डेन्जा प्रदर्शनीमा राखिएको हो । याङवाङ यु ८ सुपर कार हो । जसको ३६० डिग्री ट्यांक टर्न क्षमता छ अर्थात ३६० डिग्रीमा गाडी घुम्छ भने आपतकालीन अवस्थामा डेढ घण्टासम्म पानीमाथि समेत तैरिन सक्ने क्षमता छ ।
बिवाईडीले छिट्टै नेपाली बजारमा प्लग इन हाइब्रिड पीकअप सार्क तथा लक्जरी एमपीभी जेन्डा जेड ९ जिटी बिक्री गर्ने तयारी गरेको छ ।
यो कार्यक्रममा सहभागीहरूले हाई-टेक इन्टरएक्टिभ जोनहरू, बिवाईडीको को ब्लेड ब्याट्री प्रविधि, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, इ-प्लेटफम ३.०, डुअल मोड अफ-रोड , उन्नत चालक सहायता प्रणाली (एडास) र गाडीभित्रको एआईलाई प्रत्यक्ष अनुभव गर्ने अवसर पाउनेछन् । नेक्स्ट-जेन सवारी प्रदर्शन,बिवाईडीका नवीनतम र आउँदै गरेका ईभी मोडेलहरू प्रत्यक्ष रूपमा अवलोकन गर्ने र तिनको कार्यक्षमता तथा दिगोपन सम्बन्धी नवीनतम प्रविधिहरू बुझ्ने मौका पाउनेछन् । स्मार्ट मोबिलिटीको भविष्यबारे वास्तविक-समय प्रविधि प्रदर्शनको लाइन डेमोन्स्ट्रेसन भइरहेको कम्पनीले जनाएको छ ।
नयाँ बिवाईडी मोडेलहरू र आउँदै गरेका नवीनतम प्रविधिहरू सर्वप्रथम अवलोकन गर्ने विशेष अवसर पाइनेछ । परिवारमैत्री गतिविधिहरू हुनेछ । सबै उमेर समूह का लागि रोचक गतिविधिहरू, जसले परिवार र प्रविधि प्रेमीहरूका लागि यो कार्यक्रम अझ रोमाञ्चक बनाउनेछ ।
कम्पनीका अनुसार नेपालमा विद्युतीय सवारीको भविष्यको आधारशिला बिवाईडी हाई-टेक वीक २०२५ ले नेपालको हरित ऊर्जा यात्रालाई गति दिनुका साथै ईभी प्रविधिमा नवीनता ल्याउने लक्ष्य राखेको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.