लामिनारको टायल ‘सेन्टो’ सार्वजनिक

  २०८१ फागुन १५ गते १६:४७     विकासन्युज

काठमाडौं । लामिनार टायल्सले फूल–बडी टायल ‘सेन्टो’ संग्रह सार्वजनिक गरेको छ । कम्पनीले यो संग्रहलाई देशकै पहिलो र एकमात्र फूल–बडी टायल संग्रह भनेको छ ।

लामिनारले आफ्नो समग्र प्रिमियम संग्रहलाई विस्तार गर्दै ‘सेन्टो’ नामक अत्यधिक टिकाउ, बलियो र उत्कृष्ट गुणस्तरको फूल–बडी टायल संग्रहलाई बजारमा ल्याएको जनाएको छ ।

फूल–बडी टायलहरू प्राकृतिक ढुंगाजस्तै सतहदेखि पूरै अंश एउटै डिजाइनको हुने भएकोले सामान्य घर्षण वा चोइटिए पनि टायलको रंग र बनावटमा कुनै फरक नपर्ने कम्पनीले जनाएको छ ।

लामिनार टायलको उत्पादक, लुम्बिनी सेरामिक्सका प्रबन्ध निर्देशक आशुतोश खेतानका अनुसार पीईआई रेटिङ ५ (जसले कुनै पनि टायलको अत्यधिक दिगोपन र मजबुतीलाई जनाउँछ) भएका कारण ‘सेन्टो’ टायलहरू उच्च आवात–जावत हुने स्थानहरू जस्तै विमानस्थल, सपिङ मल, होटल, अस्पताल, पार्किङ, सडकपेटी लगायत अन्य व्यावसायिक र आवास क्षेत्रका लागि उपयुक्त छन् ।

कम्पनीका अनुसार रासायनिक प्रतिरोध परीक्षणहरूमा समेत ‘सेन्टो’ ले प्राकृतिक ग्रेनाइटको तुलनामा उत्कृष्ट नतिजा देखाएको छ ।

यस टायलले दाग प्रतिरोध, घरेलु र स्विमिङ पुलका रसायन प्रतिरोध तथा उच्च र न्यून सघनता भएका अम्ल र क्षारको प्रतिरोध लगायतका सबै परीक्षणहरू पास गरेको कम्पनीले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोको उद्घाटन समारोहको अवसरमा ‘सेन्टो’ फूल–बडी संग्रहको औपचारिक रूपमा सार्वजनिक गरेका थिए ।