२०८१ फागुन २७ गते ११:२७ विकासन्युज
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाश गुरुङ नियुक्त भएका छन् ।
कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले सीईओमा गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीले गुरुङलाई चैत १ गतेदेखि लागू हुने गरी २ वर्षे कार्यकालका लागि नियुक्ति गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ ।
सीईओ गुरुङले बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव बटुलेका छन् । यस अघि उनी ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा कार्यरत थिए ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.