२०८१ चैत ३ गते १८:१६ विकासन्युज
काठमाडौं । पञ्चकन्या ग्रुपले भोल्भोको नयाँ एस्काभेटर सार्वजनिक गरेको छ । ग्रुपले प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा भोल्भो ईसी टु ट्वान्टी एस्काभेटर सार्वजनिक गरेको हो ।
आधुनिक प्रविधि, इन्धन दक्षता, र उच्च उत्पादकत्वको संयोजनले यो मेसिनलाई निर्माण तथा खानी क्षेत्रमा अत्यावश्यक बनाएको ग्रुपले जनाएको छ ।
एक्सप्लोर अर्थ मुभर्स प्रालिअन्र्तगत बिक्री वितरण हुुने भोल्भो ईसी टु ट्वान्टीको मेसिनमा शक्तिशाली इन्जिन क्षमता रहेको छ । यो जटिल निर्माण कार्यक्षेत्र जस्तै– खानी, हाइड्रो सेक्टर ,सडक निर्माण तथा अन्य कठिन कार्यहरूमा उच्च प्रदर्शन दिने गरी निर्माण भएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो एस्काभेटर युरो स्टेज आईआईआईए मापदण्डअनुसार रहेकाले वातावरणमा हुने प्रदूषण कम गराउन मद्दत गर्ने दाबी समेत कम्पनीले गरेको छ ।
यस मोडल बजारमा पाइने अन्य सोही प्रकृतिका मेसिनहरू भन्दा १० प्रतिशत बढी उत्खनन क्षमतासहितको, तीव्र हाइड्रोलिक जडित मेसिन हो ।
यस मेसिनको प्रयोगबाट निमार्ण क्षेत्रको कार्य क्षमता बढाई उच्च उत्पादकता दिने भएकाले ढुक्क भएर लगानी गर्न कम्पनीले आग्रह गरेको छ ।
नेपालको भौगोलिक बनावट सुहाउँदो भएकाले यस मेसिनको प्रयोगले प्रभावकारीता वृद्धि गराई भरपर्दो कार्यसम्पादन दिन सक्षम भएको जनाइएको छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.