कर्मचारी सञ्चय कोषले माग्यो ३८ जना कर्मचारी

  २०८१ चैत ८ गते ८:४४     विकासन्युज

काठमाडौं । कर्मचारी सञ्चय कोषले कर्मचारीहरू मागेको छ । कोषले खुला तथा समावेशी प्रतियोगितामार्फत ३८ जना कर्मचारी मागेको हो ।

कोषका अनुसार प्रशासन, कानुन, प्राविधिक, सूचना प्रविधितर्फ आठौं तहमा प्रबन्धकदेखि पाँचौं तहमा मुख्य सहायकसम्मका कर्मचारीलागि दरखास्त आह्वान गरेको हो । प्रबन्धक एक जना, उपप्रबन्धक ४ जना, विभिन्न समूहमा ११ जना सहायक प्रबन्धक र २२ जना प्रमुख सहायक गरी ३८ जना कर्मचारी नियुक्तिका लागि दरखास्त मागेको हो ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले अनलाइनमार्फत पनि दरखास्त दिन सक्नेछन् । आजदेखि २१ दिन र दोब्बर दस्तुर तिरी थप ७ दिनभित्र दरखास्त दिन सक्नेछन् ।