एनसेलले ल्यायो भारत भ्रमणका बेला सम्पर्कमा रहन उत्कृष्ट प्याक, १ लाखको अस्पताल खर्च बेहोर्ने

  २०८१ चैत ९ गते १०:०१     विकासन्युज

काठमाडौं । ग्राहकहरूका आवश्यकता र नवीनतम सेवा सुविधाहरू प्रदान गर्ने एनसेलले ‘सधैं अन १७९९ रोमिङ’ प्याक ल्याएको छ । यो एक प्याकेज नेपालभर निर्बाध रुपमा सेवाको प्रयोग, मनोरञ्जन सुविधाहरूका साथै भारत यात्रा गर्नेहरूका लागि समेत सहयोगी पुग्ने एनसेलले जनाएको छ ।

२८ दिनसम्म मान्य रहने यो प्याकमा नेपालभर कल गर्न सकिने अनलिमिटेड अल-नेट टक टाइम, १०० जीबी उच्च गतिको डेटा, अनलिमिटेड यूट्युब, बीमा सुविधा र रोमिङ सुविधा (डेटा र भ्वाइस) समावेश छन् । जसले यात्रुहरूलाई चिन्तामुक्त यात्राको अनुभव लिनका लागि मद्दत गर्ने एनसेलको दाबी छ । यसले ग्राहकहरूलाई आफ्नो यात्राका दौरान बिना कुनै अवरोध र अतिरिक्त खर्च निर्वाधरुपमा सेवाको उपलब्धता सुनिश्चित गर्नेछ ।

भारत भ्रमणका बेलामा ग्राहकहरुले यस प्याकमा ६०० एमबी रोमिङ डेटा, १० मिनेट आगमन कल र १० मिनेटको बाह्य कल (भारतभित्रै र नेपाल कल गर्न सकिने) सेवा प्राप्त गर्दछन् । यसबाहेक यो प्याकले भारत भ्रमण गर्दा कुनै दुर्घटना भएमा १ लाख रुपैयाँसम्मको अस्पताल भर्ना र ओपीडी खर्च समेत बेहोर्नेछ ।

करसहित १ हजार ७९९ रुपैयाँ शुल्क रहेको यो वान टाइम प्याकले सधैं अनका सेवा सुविधाहरु, रोमिङ सेवा, र बीमा सुविधा सहितको ग्राहकलाई आवश्यक सञ्चार सेवा र बीमासहितको सुरक्षा प्रदान गर्दछ । ग्राहकहरूले एष्ट्रिक १२३ एष्ट्रिक ७ एष्ट्रिक ६ ह्यास डायल गरेर सहजै यो प्याक लिन गर्न सक्छन् ।