२०८१ चैत ९ गते १८:२२ विकासन्युज
काठमाडौं । ९ महिनाको अवधिमा पुँजी बजारमा सूचीकृत ४९ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को साउन १ गतेदेखि चैत ८ गतेसम्म ४९ कम्पनीको १६ करोड १३ लाख ७० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
गत आर्थिक वर्ष र अघिल्लो वर्ष कम्पनीहरूले वितरण गरेको बोनस सेयर यस अवधिमा सूचीकृत भएको देखिन्छ । यस आधारमा अर्झ दर्जनौं कम्पनीको बोनस सेयर सूचीकृत हुन बाँकी छ ।
नेप्सेका अनुसार लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत बोनस बापत १ करोड १५ लाख ९३ हजार ५७७ कित्ता, विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ७.६० प्रतिशत बोनस बापत ७ लाख ९८ हजार कित्ता, साना किसान विकास लघुवित्त वित्तीय संस्थाको १३.३० प्रतिशत बोनस बापत ५० लाख ६२ हजार ४७७ कित्ता, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६.५० प्रतिशत बोनस बापत ६१ लाख २९ हजार १४५ कित्ता, नेपाल ल्यूब आयलको २० प्रतिशत बोनस बापत १ लाख २१ हजार ४३७ कित्ता सेयर सूचीकृत भएको छ ।
यस्तै, सानिमा माई हाइड्रोपावरको १० प्रतिशत बोनस बापत ३३ लाख ९८ हजार १७६ कित्ता, डिप्रोक्स लघुवित्तको ९.५० प्रतिशत बोनस बापत १६ लाख २० हजार ८८७ कित्ता सेयर, हिमालयन डिस्टिलरीको १५ प्रतिशत बोनस बापत ४० लाख ८ हजार ७८४ कित्ता, शिवम् सिमेन्टको ८.५५ प्रतिशत बोनस बापत ४२ लाख ९८ हजार ८५ कित्ता, फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ९ प्रतिशत बोनस बापत ११ लाख १० हजार ४४४ कित्ता, कृषि विकास बैंकको ३ प्रतिशत बोनस बापत ४० लाख ३५ हजार ५०२ कित्ता सेयर सूचीकृत भएका छन् ।
छिमेक लघुवित्तको ८ प्रतिशत बोनस बापत २३ लाख ८१ हजार ७२७ कित्ता, ग्लोबल आइएमई बैंकको ५.५ प्रतिशत बोनस बापत १ करोड ९८ लाख ७० हजार ८२३ कित्ता, मन्दाकिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस बापत ३ लाख ७ हजार ९८४ कित्ता सेयर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ५ प्रतिशत बोनस बापत ६ लाख ११ हजार ६०५ कित्ता, सोल्टी होटलको १० प्रतिशत बोनस बापत ९२ लाख ९० हजार ८९९ कित्ता, नेशनल लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बापत १६ लाख ६० हजार ८६८ कित्ता, रु रु जलविद्युत परियोजनाको १५ प्रतिशत बोनस बापत ७ लाख ३९ हजार ९८५ कित्ता सेयर सूचीकरण भएको नेप्सेले जनाएको छ ।
पुँजी बजारमा ओरियन्टल होटल्सको ५ प्रतिशत बोनस बापत ५ लाख ६४ हजार ४५ कित्ता, सगरमाथा जलविद्युत कम्पनीको ४.७५ प्रतिशत बोनस बापत ५ लाख ३२ हजार कित्ता सेयर, साहस उर्जाको ८ प्रतिशत बोनस बापत २८ लाख कित्ता, सानिमा रिलायन्स लाइफको १८.३८ प्रतिशत बोनस बापतको ७६ लाख ९० हजार ६५२ कित्ता, सुपर मादी हाइड्रोपावरको ५ प्रतिशत बोनस बापत १० लाख ५० हजार कित्ता, सिटजन्स बैंकको ४ प्रतिशत बोनस बापत ५६ लाख ८० हजार ३८९ कित्ता, हाथवे इन्भेष्टमेन्टको १० प्रतिशत बोनस बापतको २५ लाख ७४ हजार कित्ता सेयर थपिएका हुन् ।
आशा लघुवित्तको १४.२५ प्रतिशत बोनस बापत ९ लाख १४ हजार ३०२ कित्ता, भगवती हाइड्रोपावर डेभलपमेन्टको ४ प्रतिशत बोनस बापत २ लाख २८ हजार ८२६ कित्ता, प्रभु महालक्ष्मी लाइफको १० प्रतिशत बोनस बापत ४२ लाख ९६ हजार कित्ता, स्वावलम्बन लघुवित्तको १४.२५ प्रतिशत बोनस बापत २० लाख ६६ हजार २५० कित्ता, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको ३ प्रतिशत बोनस बापत ११ लाख २० हजार ७७८ कित्ता, गुराँस लघुवित्तको १४.२५ प्रतिशत बोनस बापत १ लाख ४४ हजार ४९५ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
यस्तै, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (हाल सीईडीबी होल्डिङ्ग्स) को ११ प्रतिशत बोनस बापत १० लाख २४ हजार ९१९ कित्ता, अपि पावर कम्पनीको ५ प्रतिशत बोनस बापत २८ लाख ९३ हजार २९८ कित्ता, कामना सेवा विकास बैंकको ७ प्रतिशत बोनस बापत २२ लाख ९६ हजार ९१५ कित्ता, एभरेष्ट बैंकको १० प्रतिशत बोनस बापत १ करोड १७ लाख ६७ हजार ९०३ कित्ता, नेपाल ल्यूब आयलको २५ प्रतिशत बोनस बापत १ लाख २२ हजार ४० कित्ता, कर्पाेरेट डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस बापत २ लाख ५० हजार कित्ता सेयर सूचीकरण भएको नेप्सेको तथ्याङ्क छ ।
समाज लघुवित्तको १४.२५ प्रतिशत बोनस बापत २८ हजार ५ सय कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको ४ प्रतिशत बोनस बापत २० लाख ४ हजार ६६६ कित्ता, सुर्याेदय वोमी लघुवित्तको १४ प्रतिशत बोनस बापत १२ लाख ८२ हजार १०८ कित्ता, ग्रीन डेभलपमेन्ट बैंकको ३.८० प्रतिशत बोनस बापत १ लाख ९७ हजार २२० कित्ता, नागरिक लगानी कोषको १४ प्रतिशत बोनस बापत ७४ लाख ३९ हजार २५० कित्ता, नेपाल रिइन्स्योरेन्सको ४.७५ प्रतिशत बोनसबापत ६० लाख ८६ हजार ४३३ कित्ता सेयर पुँजी बजारमा थपिएका हुन् ।
नेप्सेका अनुसार सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी (हाल सीईडीबी होल्डिङ्गस) को ११ प्रतिशत बोनसबापत ९ लाख २३ हजार ३५१ कित्ता, मैलुङ खोला जलविद्युत कम्पनीको २.२२ प्रतिशत बोनस बापत ८१ हजार ७६८ कित्ता, सन नेपाल लाइफ इन्स्योरेन्सको २३.८० प्रतिशत बोनस बापतको ७६ लाख १६ हजार कित्ता, आइएमई लाइफको इन्स्योरेन्सको २५ प्रतिशत बोनस बापत १ करोड कित्ता, प्रुभ इन्स्योरेन्सको ४.७५ प्रतिशत बापत ६ लाख ५३ हजार ६५८ कित्ता सेयर सूचीकृत भएका हुन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.