२०८१ चैत ९ गते २०:२१ विकासन्युज
काठमाडौं । शुद्ध खाने पानीलाई थप व्यवस्थित बनाउनका लागि ‘जिरो बी ब्राण्ड’ले आफ्नो उत्पादन सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा आयोजना एक कार्यक्रममा खानेपानी मन्त्री प्रदीप यादवले जिरो बी ब्राण्डको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा नेपालभरका प्रमुख होटल व्यवसायी, उद्योगपतिका साथै व्यापारीको सहभागिता थियो। यसले नेपालमा पानी शुद्धीकरण समाधानको नयाँ अध्याय सुरु गरेको छ ।
हरेक घर र व्यवसायका लागि शुद्ध खाने पानीमा आधारित भई करिब चार दशकदेखि काम गरिरहेको जिरो बी ब्राण्ड भारतको आओन एक्चेञ्ज इण्डिया लिमिटेडको प्रमुख उत्पादन हो ।
पिउने पानी शुद्धीकरण प्रणाली, आइरन फिल्टर, वाटर सफ्टनर र व्यावसायिक ग्रेड प्रणालीको अत्याधुनिक प्रविधिका लागि यो प्रविधि परिचित छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.