ङादी ग्रुप पावरको कटअफ मूल्य २६६.२० रुपैयाँ, चैत ११ गतेदेखि रकम फिर्ता

  २०८१ चैत १० गते ८:४२     विकासन्युज

काठमाडौं । ङादी ग्रुप पावरले लिलामीमा बिक्री गरेकोे सेयरको कटअफ मूल्य प्रतिकित्ता २६६.२० रुपैयाँ निर्धारण भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको सेयरको कटअफ मूल्य २६६.२० रुपैयाँ कायम भएको हो ।

कम्पनीले गत पुस २३ गतेदेखि माघ १४ गतेसम्म १ सय प्रतिशत अर्थात् १ करोड ८५ लाख १२ हजार ७१२.२२५ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । उक्त अवधिमा बिक्री नभएको सर्वसाधारण समूहतर्फको ८ लाख ७३ हजार ६१ कित्ता अवितरित सेयर फागुन २० गतेदेखि फागुन २८ गतेसम्म बिक्री खुला गरेको थियो ।

कम्पनीको अवितरित सेयरमा प्राप्त बोलपत्रहरू चैत ४ गते खोली चैत ८ गते निष्काशनकर्ता कम्पनीको संचालक समितिले बाँडफाँट गरेको जनाएको छ । आवेदकहरुको बाँडफाँटमा नपरेको सेयर वापतको रकम चैत ११ गते सोमबारदेखि फिर्ता भुक्तानी गरिने कम्पनीले जनाएको छ ।