२०८१ चैत १० गते ९:०० विकासन्युज
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको संस्थापक तथा कर्मचारीहरूलाई बाँडफाँट गरिएको सेयरहरूको लक इन अवधि समाप्त हुने भएको छ । २०८२ बैशाख ८ गतेदेखि लघुवित्तका संस्थापक तथा कर्मचारीहरूको स्वामित्वमा रहेको सेयरको लक इनको समायावधि सकिने जनाएको छ ।
लघुवित्तले विसं २०७८ चैत २५ गतेदेखि चैत ३० गतेसम्म सर्वसाधारणमा (कर्मचारीहरू समेतमा ) निष्काशन तथा बिक्री खुल्ला गरी विसं २०७९ बैशाख ९ गते सेयर बाँडफाँट गरेको थियो । नेपाल धितोपत्र बोर्डले साधारण सेयर सार्वजनिक निष्काशन गरी बाँडफाँट गरिएको मितिदेखि ३ वर्षसम्म कर्मचारीहरूलाई बाँडफाँड गरिएको सेयर र संस्थापक सेयर लक इनमा राख्नु पर्ने व्यवस्था गरेको छ ।
सोही बमोजिम लघुवित्तको संस्थापक र कर्मचारीहरूको सेयरको लकइन अवधि सकिन लागेको हो । लघुवित्तका अनुसार संस्थापकतर्फ ४ लाख २० हजार कित्ता र कर्मचारीहरूको ३ हजार २८१ कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.